नहरमा डुवेर एक महिलाको मृत्यु



दाङ/  दाङमा एक जनाको पानीमा डुबेर मृत्यु भएको छ । दाङको दंगीशरण गाउँपालिका वडा नम्वर ४ मौलीकी ३५ वर्षीया शान्ता रेउलेको पानीमा डुबेर मृत्यु भएको हो ।

मंगलबार बिहान माईती घर बैवाङ गएको र दिउँसो घर फर्कने क्रममा उक्त ठाँउको नहरमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

नहरमा डुवेको अवस्थामा स्थानियले देखेपछि उनलाई उद्धार गरी राप्ती अञ्चल अस्पताल तुलसीपुर पु¥याइएको थियो । उपचारका क्रममा उनको मृत्यु गएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ १३ गते बुधबार