कविन्द्र परियार कोहलपुर २३ साउन /बाँके कोहलपुर नगरपालिका १३ सिमरीका कोश बहादुर खड्का पछिल्लो समयमा उद्घोषण कलामा जम्दै गईरहेका छन । स्थानीय स्तरमा हुने सांस्कृति कार्यक्रम होस वा धार्मिक कार्यक्रममा उद्घोषण भन्ने बित्तिकै कोश बहादुरको नाम आउने गर्दछ । २०६७ सालबाट रेडियो कोहलपुर एफ.एमबाट उद्घोषण सुरु गरेका खड्का विभिन्न अद्यौगिक व्यपार मेला तथा धार्मिक तथा शैक्षिक महोत्सव गरी करिब ३८ वटा कार्यक्रमका उद्घोषण गरिसकेका छन ।
रेडियो कोहलपुर एफ.एममा कार्यक्रम प्रस्तोताका रुपमा काम गर्दा गदै २०७२ सालमा सिन्धुलीको जिल्लाको माडीमा आयोजित ऐतिहासिक सिन्धुली धार्मिक महोत्सवमा करिब १० दिन सम्म लगातार उद्घोषण गरिसकेपछि उद्घोषण कलामा उर्जा थपिएको खड्का बताउँछन । धार्मिक गुरु श्री गोविन्द शरण महाराज ज्यूको राष्ट्रि शान्ति धार्मिक महोत्सवमा आवद्ध भएर खड्का नेपालका ६८ जिल्लामा उद्घोषण गर्न पुगिसकेका छन ।
बाँकी रहेका ९ वटा जिल्लामा पनि चाँडै पुग्ने योजना रहेको उनको भनाई रहेको छ । आर्कषक जिउडाल र ओजिलो आवाजका धनी खड्काले जहाँ उद्घोषण गर्छन त्यहाँ तालीको वर्षा हुने गर्दछ । स्थानीय स्तरमा पनि उनी उद्घोषण क्षेत्रमा उत्तिकै चर्चामा छन । कोहलपुर तिज महोत्सव २०७४,दोस्रो बाँसगढी औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ चौथो कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ उनका विशेष उद्घोषणका कार्यक्रम हुन ।
उद्घोषण कला मात्र नभएर उनी अभिनय तथा गायनमा पनि उत्तिकै पोख्त छन । विभिन्न भगवानका अवतारहरुलाई अभिनयमा उतार्ने क्षमता भएका खड्काले थुप्रै ठाउँबाट अभिनन्दन प्रशंसापत्र तथा सम्मान पाईसकेका छन । देशका विभिन्न स्थानहरुमा कार्यक्रमहरु संञ्चालन गर्न जाँदा दर्शकहरुबाट पाएको माया र हौसलाका कारण आफुलाई थप उर्जा प्राप्त भएको खड्का बताउँछन ।
यही श्रावण २३ देखी भाद्र २ गते सम्म बैजनाथ गाउँपालिका वडा नै १ चिसापानीमा संचालन हुन लागेको शिव मँहापुराण धार्मिक मेला तथा भाद्र १३ देखी २० गते सम्म खजुरामा हुने धार्मिक महोत्सवमा समेत आफुले उद्घोषण गर्ने कार्यक्रम रहेको बताए । आफ्नो उद्घोषण कलाले सबैलाई मोहित पार्ने क्षमता भएका मिजासिलो स्वभावका खड्का पछिल्लो समयमा रेडियो कोहलपुर एफ.एमका सुचना तथा विज्ञापन शाखाका प्रमुख समेत हुन ।









प्रतिक्रिया दिनुहोस्