सांसदलाई ज्यान मार्ने धम्की दिएको घटनामा ९० जना पक्राउ



काठमाडौं/  नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेर्साएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले ९० जनालाई पक्राउ गरेको छ ।

बिहीबार दिनभरीमा शंकास्पद ९० जना पक्राउ परेका बानेश्वर प्रहरीले जनाएको छ । पक्राउ परेकालाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

उनीहरुलाई वृत्तमै राखेर सोधपुछ भैरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि सादा र पोषाकसहितका प्रहरी खटाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १८ गते शुक्रबार