बर्दिया/ जिल्ला समन्वय समिति बर्दियाका पदाधिकारीहरुको ११ महिनाको सेवा सुबिधा वापतको रकम निकाशा भएको २ घन्टा ४८ मिनेट मै फ्रिज भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुखको मासिक ४१ हजार रुपैयाँ, उपप्रमुखको मासिक ३६ हजार रुपैयाँ र सदस्यहरु (सातजना) को मासिक १६ हजार रुपैयाँका दरले पाउनु पर्ने ११ महिनाको जम्मा रकम २० लाख ७९ हजार रुपैयाँ फ्रिज भएको हो ।
आर्थिक वर्षको अन्तिम दिन असार ३२ गते राति ९ बजेर १२ मिनेटमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोष तथा लेखा नियन्त्रक कार्यालय बर्दियामा निकासा पठाएकोमा सोहि दिन राति ठिक १२ बजे खाता बन्द हुने भएको हुँदा उक्त रकम भूक्तानी नभई फ्रिज भएको प्रेमराज भूसालले बताए ।
बर्दिया लगायत प्रदेश नम्बर ५ का ६ वटा जिल्ला दाङ, बाँके, रोल्पा, प्यूठान र पुर्वि नवलपरासीका जिससका पदाधिकारीहरु उक्त सुविधाबाट बञ्चित भएको जिल्ला समन्वय समितिका उपप्रमुख मानबहादुर बिष्टले बताए ।
उपप्रमुख बिष्टले हामी जिससका पदाधिकारीहरुले प्रदेश सरकारबाट निर्धारित ऐन अनुसारको सेवा सुबिधा पाउनु पर्ने भएता पनि कर्मचारीहरुको लापर्वाहीका कारणबाट बञ्चित भएको बताए ।
जिल्ला समन्वय समितिको कोषमा स्थानीय श्रोतबाट प्राप्त करोडौँ रुपैयाँ जम्मा भएता पनि उक्त खाता सरकारले बन्द गरेकोले खर्च गर्न पाईदैन, मन्त्रालयले समयमा निकाशा नगरी दिँदा जनप्रतिनिधिहरु मर्कामा परेको दुखेसो पोखेका छन ।









प्रतिक्रिया दिनुहोस्