नेपालगन्ज/ आर्थिक अवस्था कमजोर भएका तीन जना बालबालिकाहरुलाई बिहीबार सहयोग प्रदान गरिएकोछ ।
नेपालगञ्ज—१८ निवासी बासकी साधारण सदस्य दिला शाहले आफ्ना जीवन साथी दिनेश चन्दसँगको सहकार्यमा आफ्ना बुवा मान बहादुर शाह र मुवा देवा शाहको सम्मानमा २०७४ पौष २१ गते स्थापना गरेको मानदेवा परोपकारी अक्षय कोष, बासको बालबालिका सहयोग कार्यक्रम र बास जन्मदिन शुभकोषबाट सहयोग प्रदान गरिएको हो ।
मानदेवा परोपकारी अक्षय कोषकी संस्थापक दिला शाहको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा कोषको व्याजबाट प्राप्त रकमबाट नेपालगञ्ज १९ आलानगर, बसुदेबपुरकी १५ वर्षीया पूजा परियारलाई नगद रु. १५ हजार प्रदान गरिएको छ ।
यसैगरी जानकी गाउँपालिका ४ निवासी ११ बर्षीय कालिमान बिकलाई पढाईका लागि रु. १० हजार प्रदान गरिएको छ । जनचाहना प्रावि खजुराखुद्र्धको कक्षा ३ मा अध्ययनरत विककी आमाको ५ वर्ष अघि मृत्यु भएको थियो ।
यसैगरी नेपालगञ्ज परसपुर घर भई हाल अमेरिकामा रहेका बासका साधारण सदस्य मेराजुद्धिन ईद्रिसीको सहयोगमा नेपालगञ्ज १ धम्बोझि निवासी १४ बर्षिया सोना बि.क.लाई रु. ७ हजार सहयोग प्रदान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्