रारामधु मध्यवर्ती सामुदायिक वनमा वृक्षारोपण



कोहलपुर/  बैजनाथ उँपालिकास्थित रारामधु मध्यवर्ती सामुदायिक वनमा बुधबार वृक्षारोपण गरिएको छ । वनको खाली क्षेत्रमा सिरिस, बकाइनो, टिकलगायत प्रजातिका विरुवा रोपिएको हो ।

सो क्षेत्रमा दुई हजार तीन सय विरुवा रोपिने सामुदायिक वन सचिव वीरेन्द्रजंग शाहले जानकारी दिए । खाली क्षेत्रमा समेत हरियाली थप्न र वन बढाउन वृक्षरोपण गरिएको उनले बताए ।

बाँके राष्ट्रिय निकुञ्जको सहयोगमा वृक्षारोपण गरिएको हो । वृक्षरोपणमा सहभागीले विरुवाको संरक्षण महत्वपूर्ण रहेको बताए । वृक्षरोपण गरे पनि गाईवस्तुले विरुवा खाइदिँदा समस्या हुने गरेको छ ।

यसका लागि वन क्षेत्रका विभिन्न ठाउँमा तारजाली लगाइएको उनको भनाइ छ । वृक्षरोपण कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारी, सिबिएपियू सञ्जाल बाँके अध्यक्ष कृष्ण चौधरी, निकुञ्जकी रेञ्जर बिजु पौडेललगायतको सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ३ गते बिहीबार