बर्दिया/ अवैध हतियारसहित बर्दियामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्लाको बढैयाताल गाउपालिका वडा नं २ सितापुर बस्ने २६ वर्षीय खुमबहादुर थापा र २७ वर्षीय खडकबहादुर सु
नारलाई आइतबार साझ हतियार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
उनीहरुबाट १२ बोर बन्दुक एक थान र सोही बन्दुकमा लाग्ने गोली २ राउण्ड बरामद गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
गोप्य सूचनाका आधारमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ र इलाका प्रहरी कार्यालय मैनापोखरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। जिल्ला प्रशासन कार्यालय गुलरियाबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरि प्रहरीले बढैयाताल गाउपालिका १ बस्ने डम्मरबहादुर खड्काको घरबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ । खड्काको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्