पुर्वराजा ज्ञानेन्द्र नेपालगन्जमा



कोहलपुर/  पुर्व राजा ज्ञानेन्द्र शाह बुधवार नेपालगन्ज आउनु भएको छ । पुर्व रानी कोमल, छोराबुहारी पारश र हिमानीसंगै पुर्व राजा नेपालगन्ज आउनुभएको हो ।

पुर्व राजा ज्ञानेन्द्रलाई नेपालगन्ज विमानस्थलमा राजावादी सुभेच्छुकहरुले भव्य स्वागत समेत गरेका छन् ।

सयौंको सँख्यामा रहेका राजाबादीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, श्री ५ महाराजधिराज सरकारको जय जस्ता नारा लगाएका थिए ।

पुर्व राजा ज्ञानेन्द्र असार २३ गते आफनो ७२ औ जन्मजयन्ती मनाउन नेपालगन्ज आउनु भएको हो ।

नेपालगन्ज बसाईको क्रममा विभिन्न राजनितिक तथा धार्मिक भ्रमण पनी तय भएको राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य ऋषिराज देबकोटाले जानकारी दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २० गते बुधबार