कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका–११ स्थित बालज्योति माध्यामिक विद्यालयका विद्यार्थीहरुले धान दिवसको असरमा शुक्रबार वृक्षरोपण गरेका छन ।
विद्यालयमा गठन गरिएको ग्रिन क्लबका विद्यार्थीहरुले विद्यालय परिसर तथा हवलदारपुर स्थित पित बौद्ध विहारमा आँप,आरु,लिचि अम्बा, कागती लगायतका करिब ५० वटा विरुवाहरु वृक्षारोपण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ८,९ र१० का विद्यार्थीहरुले ईलाका वन कार्यालय कोहलपुरबाट विभिन्न जात विरुवाहरु वृक्षारोपण गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक कमल वि.सीले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा विद्यालयकी संस्थापक लक्ष्मी सुवेदी, प्रिन्सिपल दामोदर पौडेल सल्लाहकार मधुसदन न्योपाने लगायतको सहभागीता रहेको थियो । क्लब विभिन्न सरसफाई तथा संरक्षण गर्दै आएको छ ।
प्रकाशित मिति : २०७५ असार १८ गते सोमबार









प्रतिक्रिया दिनुहोस्