कोहलपुर/ हाम्रो आवाज दुर्घटना मुक्त समाज भन्ने मुलनारका साथ दुर्घटना न्युनिकरण ट्राफिक सचेना सम्बन्धी बृहत ¥याली कार्यक्रम शनिबार कोहलपुरमा सम्पन्न भएको छ ।
समाजसेवा संस्था केन्द्रिय कार्यालय हवलदापुरको आयोजना र कोहलपुर नगरपालिकाको सहयोगमा गरिएको ¥याली शस्त्र प्रहरी बल त्रिपुरा गण कोहलपुरको व्याण्ड बाजा सहित कोहलपुर चौराहबाट सुरु भई न्यरोड एन.टि.भी रोड हुदै साझा चोक सम्म पुगेर पुनः चौरहमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै कोहलपुर नगरपालिका वडा नं ११ का वडाध्यक्ष कर्ण बहादुर थापाले सडक सुरक्षा सबैको लागि आवश्यक रहेको बताए । त्यसका लागि सबै सुरक्षाकर्मीहरु लाग्नुपर्ने उनको भनाई रहेको थियो ।
कोण सभमा बोल्दै शस्त्र प्रहरी बल त्रिपुरा गणका एस.एस पी वसन्त कुमार बोगटीले दुर्घटना सबैको साझा समस्या रहकोले सो को न्युनिकरणका लागि आफु तदारुपताका साथ लाग्ने बताए ।
¥यालीमा तक्षसिला एकेडेमी कोहलपुर नमुना विद्या सदन पिपिरी तथा ज्ञान ज्योति मा.वि कोहलपुर बगियाका विद्यार्थीहरु जनप्रतिनिधि विभिन्न संस्थाका प्रतिनिधिहरु गरी करिब ५ सय जनाको सहभागीता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्