बर्दिया/ ३२ औँ अन्तराष्ट्रिय एसोएस दिवसको अवसरमा बर्दियाको बाँसगढीमा निःशुल्क बाल तथा जनरल रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
एसोएस मेडिकल सेन्टर बाँसगढीको आयोजनामा शुक्रबार भएको स्वास्थ्य शिबिरमा १ सय १६ जनाले स्वास्थ्य जाँच गराएका छन् ।
जसमा ५६ जना बालबालिका र अन्य ६० जना गरी १ सय १६ जनाले स्वास्थ्य चेक जाँच गराएका छन् । स्वास्थ्य चेक जाँच गरिएका मध्य रुघाखोकी र छालाका विरामी बढि फेला परेको एसोएस मेडिकल सेन्टर बाँसगढीका प्रमुख शिव चौधरीले बताए ।
शुक्रबार बिहान १० देखि २ बजेसम्म सञ्चालन भएको शिविरमा वरिष्ठ बालरोग विशेषज्ञ पियुस कनोडिया लागयतको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।
प्रकाशित मिति : २०७५ असार ९ गते शनिबार









प्रतिक्रिया दिनुहोस्