नेपालगन्ज/ नेपालगन्जको सुर्खेतरोडको दाँयाबाँया राखिएका डिभाईडर हटाइदा शहरको शौन्दर्यतामा कमी आउनुका साथै र दुर्घटना समेत बढन थालेको छ ।
एउटै मापदण्डमा बनेको नेपालगन्ज जमुनाहादेखि कोहलपुरसम्मको सडकमा डिभाइडर फरक फरक किसिमले राखिएको छ ।
नेपालगन्जमा त्यही डिभाईडर अव्यवस्थित तरिकाले जताततै राखिएको छ भने कोहलपुर नगरपालिकामा एडिबीकै मापदण्ड अनुसार राखिएको स्थानीयले जनाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाभित्र क्रसिङ मोडमा डिभाइडर राखेपछि स्थानीयले जथाभावी सडक वारपार गर्न थालेका छन् ।
नगरभित्रका विभिन्न ठाउँमा डिभाइडर राखेपछि नजिकै जाने मान्छे अर्को चोकसम्म पुग्नुपर्ने भन्दै सजिलो बाटो खोज्दै जथाभावी सडक काट्न थालेका हुन् । डिभाईडरकै कारण यात्रु तथा स्थानीयलाई सास्ती भैरहेको स्थानीय व्यवसायी बसन्त लामिछानेले बताए ।
कोहलपुर नेपालगन्ज सडक खण्डमा डिभाईडर राखिए पनि अव्यवस्थित तरिकाले राखेको प्रति नगरको ध्यान जान नसकेको उनले बताए ।
कतै १ किलोमिटरमै डिभाईडर राखिएको छ भने कतै ३ किलोमिटरसम्म राखिएको यसमा पनि ध्यान दिन जरुरी रहेको उनले बताए । आफ्नो मान्छेको पसल अगाडि रहेको डिभाईडर राख्ने र हटाउने कार्य समेत भैरहेको हुनाले सम्बन्धित निकायले अडिक भएर डिभाईडर राख्नुपर्ने स्थानीय भुपेन्द्र अधिकारीले बताए ।
अरु शहरको तुलनामा नेपालगन्जमा भने निश्चित दुरीमा नराखि नेपालगन्ज उपमहानगरपालिकाले मनपरि गरिरहेको अधिकारीले बताए ।
डिभाईडर कै कारण फोहर, तथा जताततै बाटो काट्ने प्रक्रिया रोकिएको छैन् उनले भने । नेपालगन्जमा राखिएको डिभाईडर कहाँ र कसरी राख्ने वारे पहिले नै डिजाईन बनाएर राख्नुपर्ने एमालेका नेता दत्त प्रसाद आचार्यले बताए ।
जथाभावी डिभाईडर उठाउँनले राज्यको पैसा मात्रा बर्बाद भैरहेको नेता आचार्यले भन्नुभयो । क्रसिङ क्षेत्र धेरै भएका कारण यात्रुहरूले जथाभावी बाटो काटेर थप असुरक्षा बढाउनुका साथै ट्राफिक व्यस्थापनमा समस्या निम्त्याउन थालेपछि क्रसिङ मोडमा डिभाइडर राखिएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले जानकारी दिए ।
प्रमुख डा. राणाको अध्यक्षतामा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले गरेको निर्णयानुसार सडकमा भएका डिभाइडर उठाइएको थियोे । यात्रु आवागमन र सुरक्षाका लागि राखिएका डिभाइडर क्षेत्रभित्र कन्सट्रक्सनका सामान, ठेला राख्ने, पार्किङ गरेर आवागमनमा थप समस्या निम्तिएपछि डिभाइडर हटाइएको प्रमुख राणाले बताए ।
नेपालगञ्जको राँझाचोकदेखि गणेशमान चोकसम्मका ३ सय २५ डिभाइडर उठाएको नेपालगन्ज उप महानगरपालिकाले जनाएको छ । मोड क्षेत्र धेरै भएका कारण यात्रुहरुले जथाभावी बाटो काटेर थप असुरक्षा बढाउनुका साथै ट्राफिक ब्यवस्थापनमा समस्या देखिएपछि क्रसिङ मोडमा डिभाईडर राखिएको हो ।
सुरक्षित र सहज आवागमनका लागि नगरका विभिन्न स्थानमा पार्किङ क्षेत्र पनि निर्माण गरिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्