कोहलपुर,२ असार/ बाँकेमा कोहलपुरमा शुक्रबार भएको मावि तथा आधारभूत तह स्तरिय एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । सो गायन प्रतियोगिता एनप्याव्सन कोहलपुरको आयोजनामा सम्पन्न भएको हो ।
प्रतियोगिताको मावितर्फ तक्षशिला एकेडेमीकी छात्रा अनुस्का घिमिरे प्रथम, कोहलपुर बागेश्वरी माविकी छात्रा सरीता भण्डारी द्वितीय र ब्राईट लाईट एकेडेमीका छात्र मुर्कश बुढा तृतीय भएका छन् ।
त्यस्तै आधारभूत तहतर्फ नमूना विद्या सदन माविकी छात्रा स्वस्तिका चौधरी प्रथम, पञ्चमुखी अंग्रेजी माविका छात्र गौरब कार्की द्वितीय र कोहलपुर बागेश्वरी माविकी छात्रा दिक्षा परियार तृतीय भएकी छिन् ।
प्रतियोगिताका विजेताहरुलाई पुरस्कार सहित सम्मान प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा एनप्याव्समा आवद्व १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रकाशकिय प्रमुख प्रेम प्रसाद देवकोटाले विद्यार्थीको क्षमतालाई अझै थप सशक्त बनाउनका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
साथै उनले एनप्याव्सनले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउनका लागि समय समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्नुपर्ने भन्दै प्रतियोगिताबाट विद्यार्थीहरुको व्यक्तित्व विकास हुने बताए ।
कार्यक्रममा एनप्याब्सन प्रदेन नं. ५ का सदस्य गोविन्द चौधरी, कमल पछ्याई, बाँकेका सचिव श्याम कुँवर, एनप्याव्सनमा आवद्व विद्यालयका शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
एनप्याव्सन कोहलपुरका अध्यक्ष किशोर राज मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन एन प्याव्सन कोहलपुरका सचिव शिव डाँगिले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्