कोहलपुर,१ असार/ सूर्योदय माध्यमिक विद्यालय चिसापानीमा लामो समयदेखि क्रियाशील सूर्योदय बाल क्लव, जुनियर युवा रेडक्रस समिति, सूर्योदय विद्यार्थी वातावरण समुह र बालअधिकार चेतना क्लवको पुनर्गठन गरिएको छ ।
विद्यालयका अगुवा बालबालिका र बैजनाथ गाउँपालिकाका बाल सञ्जालका शुशिला बुढा सहित समितिका पुर्व विद्यार्थी नविना शाही, अनु रावत, रुम टु रिडका प्रतिनिधि शोभा भण्डारी र रुपनी चौधरी समेतले सक्रिय भुमिका निर्वाह गरेका थिए ।
पुर्नगठित समितिहरु अन्तर्गत सुर्योदय बाल क्लवमा सिर्जना कार्की, जुरेस.रे.स.मा प्रेम शाही, वातावरण समुहमा आयुषा गुरुङ र बालअधिकार चेतना समुहमा ओस्कर खड्काले १३ सदस्यीय समितिको नेतृत्व गर्ने भएका छन् भने विद्यालयका सबै बालबालिका सबै क्लवका सदस्य रहने छन् । क्लवहरुमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत बालबालिका रहेका छन् ।
बाल क्लवहरुले विद्यालयका विभिन्न गतिविधिमा सहभागिता जनाउँदै आएका छन् । विद्यालयको सरसफाइ, फोहोर व्यवस्थापन, अतिरिक्त क्रियाकलाप सञ्चालन, निःशुल्क प्याड वितरण जस्ता कार्यक्रम बालक्लवको अगुवाइमा सम्पन्न हुने गरेको छ ।
विद्यालयका सहायक प्रअ सुमित्रा न्यौपानेले विद्यालयको हरेक गतिविधिमा बालबालिकालाई सहभागी गराउँदा उनीहरुको विद्यालयप्रति अपनत्व पनि बढ्ने र आवश्यकता अनुसार नेतृत्व वहन गर्न सक्ने सक्षम विद्यार्थी तयार गर्न सकिने बताए । सो कार्यक्रमको सञ्चालन आधारभूत तह इन्चार्ज धनबहादुर शाहले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्