कोहलपुर,३० जेठ/ बाँकेको बैजनाथ गाउँपालिका ६ जेठिनाला नजिकै मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हँुदा एक जनाको ज्यान गएको छ ।
आज दिउँसो २ः३० बजे पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको भे ६ ख ७२०२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टीदा मोटरसाइकल चालक सोहि गाउँपालिका वडा नं ६ सम्झनाचोक बस्ने १८ वर्षिय गौरब खड्काको ज्यान गएको ईलाका प्रहरि कार्यालय कोहलपुरले जनाएको छ ।
गम्भीर घाईते खड्काको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गएको हो ।
तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ जेठ ३० गते बुधबार









प्रतिक्रिया दिनुहोस्