नेपालगंज,२७ जेठ/ नेपालगन्जमा शनिबारदेखि नेतृत्व विकास र शुसासन सम्वन्धी ५ दिने तालिम सुरु भएको छ ।
गैरसरकारी संस्था महासंघ बाँकेको आयोजना तथा नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा गरिएको तालिममा विभिन्न संघ सस्थाका प्रतिनिधि तथा जनप्रतिनिधि गरी ३० जनाको सहभागिता रहेको छ ।
तालिमको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दे महासंघ बाँके शाखा अध्यक्ष सपना भट्राईले तालिमबाट सहभागीहरुले नेतृत्व विकास र शुसासनबारे ज्ञान सिप लिने बताइन् ।
कार्यक्रममा महासंघका सचिव नमस्कार शाहले नेतृत्व विकासका लागि सबै व्यक्तिहरुले तत्परता देखाउनुपर्नेमा जोड दिँदै शुसासन कायम गर्नका लागि सबैको भूमिका प्रभावकारी हुनुे बताए ।
तालिमको मुख्य प्रशिक्षक रहेका प्राध्यापक तथा अधिकारकर्मी रविन्द्र कर्णले नेतृत्वका लागि आत्मविश्वास सबैभन्दा ठूलो कुरा भएको बताए ।
प्रकाशित मिति : २०७५ जेठ २७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्