कृष्णसेनको १६औं स्मृती दिवस मनाइयो



कोहलपुर,१४ जेठ/  द्धन्द्धकालमा राज्यका तर्फबाट मारिएका स्वर्गीय पत्रकार कृष्णसेन ईच्छुकको आइतबार १६औं स्मृती दिवश मनाइएको छ । प्रेस चौतारी नेपाल बाँके र प्रेस सेन्टर बाँकेले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी मनाएका हुन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि आस्थागत पत्रकार संगठनले पहिलो पटक कृष्णसेन इच्छुकको स्मृती दिवश संयुक्त रुपमा मनाइएका हुन् ।

आइतबार नेपालगन्जमा संयुक्त रुपमा आयोजित स्मृती दिवशमा सहभागी नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियन लगायतका आस्थागत संगठनका अगुवाहरुले प्रेस स्वतन्त्रताको विषयमा कृष्णसेन ईच्छुकले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

उनीहरुले फरक आस्था र विचारको वकालत गरेकै कारण विभिन्न पक्षबाट मारिएका पत्रकारका परिवारलाई राज्यले हेर्नुपर्ने पनि बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले पत्रकारिताका क्षेत्रबाट राजनैतिक परिवर्तनमा कृष्णसेनले महत्वपुर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बाँकेका नेता एवं प्रदेश सांसद आईपी खरेल, नेता अशोक कोइराला, सांसद कृष्णा केसी नमुना, रत्न खत्री लगायतले बोलेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १४ गते सोमबार