सडक चौडा पार्न डोजर चलाइयो



नेपालगन्ज,८ जेठ/   नेपालगन्ज उप–महानगरपालिका वडा नं. १२ मा सडक विस्तारको लागि सहमतिमै डोजर लगाईएको छ ।

आर्थिक वर्ष सकिदै गर्दा विकासे कामले तीव्रता पाएसंगै सुरु गरिएको बाटो बिस्तारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालदेखि दोन्द्रा नालासम्म एक हजार ५ मिटर बाटो चौडासँगै पक्की बन्न लागेको हो ।

साँघुरो बाटोले सवारीका साधन, दमकल, एम्बुलेन्स आवात जावत र हिडडुल गर्न समेत कठिनाई हुँदै आएपछि वडा न १२ को अगुवाईमा अतिक्रमित पर्खाल, घर समेत भत्काएर बाटो बनाइन लागिएको हो ।

शिक्षण अस्तालदेखि धन बहादुरको घर चौक सम्म ८ मीटर चौडा, जेपाण्डेको घर हुँदै विजय पन्तको घर हुँदै ६ मिटर पक्की बाटो निर्माण हुने भएको छ ।

सडक किनारका स्थानीय घर घनीको प्रत्यक्ष सहमतिमा डोजर लगाएर बाटो चौडा पारिएको वडा अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए ।

मेडिकल कलजेदेखि नै चौडा पारिएको सडक अन्तगर्त जेपाण्डेको घरदेखि दक्षिण हनुमान प्राविसम्म करिव दुई सय मिटर वरपरका पर्खाल, घर डोजर लगाएर भत्काइएको छ ।

जनप्रतिनिीधिको उपस्थितीमा डोजर लगाइएपछि स्थानीयहरु भने विकासले नयाँ मोड लिएको लिएको भन्दै खुशी प्रकट गरिरहेका थिए । विकासमा सबैको सहमती र साथ रहेको भन्दै वडा अध्यक्ष सुवेदीले सबैमा थप सहयोगको पनि अपेक्षा गरेको बताए ।-sadarline

 

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ८ गते मंगलबार