दुई दिने लघुवित्त तालिम सम्पन्न



कोहलपुर,७ जेठ/  रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेण्टर लि काठमाण्डौंको आयोजनामा दुई दिने नेतृत्व विकास सम्वन्धी तालिम आइतबार कोहलपुर सम्पन्न भएको छ ।

तालिममा सेण्टरको कोहलपुर शाखाको कार्यक्षेत्र भित्र रहेका जिल्लाहरु मध्ये ११ जिल्लामा रहेका १६ वटा साझेदार संस्थाहरुका वरिष्ठ सहायक तथा फिल्ड सहायकहरुले भाग लिएका थिए ।

तालिम कार्यक्रमको उदघाटन् सत्रमा रुरल माईक्रोफाइनान्स डेभलपमेण्ट सेण्टर लि. शाखा कार्यालय कोहलपुरका शाखा प्रबन्धक भरत कुमार सिंहले आफनो नेतृत्व विकास तालिम आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए ।

उक्त तालिममा प्रशिक्षकको रुपमा आरएमडीसीका वरिष्ठ अधिकृत भरत कुमार सिहं, निर्धन उत्थान बैंक लि.का वरिष्ठ व्यवस्थापक शम्भु न्यौपाने तथा बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि.का वरिष्ठ प्रबन्धक विशाल केसीले गरेका थिए ।

दुई दिने तालिमको क्रममा भरत ुकुमार सिंहले लघुवित्त कार्यक्रमको एतिहासिक पृष्ठभूमिको बारेमा जानकारी दिँदै लघुवित्तको मान्यताहरु, लघुवित्तको आधारभूत सिद्धान्तहरु, नेपालमा लघुवित्तको हालको अवस्था तथा देखिएका विभिन्न चुनौतीहरुको बारेमा छलफल गरेका थिए ।

यस्तै निर्धन उत्थान बैंक लि.का, वरिष्ठ व्यवस्थापक शुम्भु न्यौपानेले लघुवित्त कार्यक्रम हुन थलो केन्द्रमा हुने गतिविधिहरु, केन्द्र बैठक सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, केन्द्र बैठक सञ्चालन गर्दा आउने समस्याहरु, फिल्ड कर्मचारीमा हुनुपर्ने गुणहरु, काम तथा कर्तव्यको बारेमा जानकारी प्रदान गरेका थिए । त्यसैगरी विशाल केसीले सदस्यहरुको संरक्षणको लागि लघुवित्त संस्थाले गर्नुपर्ने क्रियाकलापहरुको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले तालिम अन्यन्तै उपयोगी रहेको र तालिममा सिकेका सिकाइलाई संस्थामा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ७ गते सोमबार