राहत शिक्षकहरुले बुझाए ज्ञापनपत्र



कोहलपुर,७ जेठ/  बाँकेको कोहलपुर नगरपालिका भित्रका राहत शिक्षकहरुले विभिन्न १४ बुँदे माग राख्दै कोहलपुर नगरपालिकामा आइतबार ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले ७ बुँदे शैक्षिक तथा ७ बुँदे पेशागत माग राख्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतलाई ज्ञापनपत्र बुझाएको नेपाल राहत शिक्षक नगर कार्यसमिति कोहलपुरका संयोजक केदारमणी ढकालले बताए ।

उनीहरुले बुझाएको ज्ञापनपत्रमा शिक्षामा नविनतम प्रविधिहरुको प्रयोग र पहुँचको नितिगत व्यवस्था गरिनुपर्ने, वैज्ञानिक र व्यवसायिक शिक्षामा जोड दिइनुपर्ने, राहत शिक्षकहरुलाई ज्ञान, सिप र दक्षताका आधारमा पुरस्कृत गरिनुपर्ने लगायतका शैक्षिक मागहरु रहेका छन् ।

यस्तै शिक्षक कर्मचारी सेवा सुविधाहरुमा एकरुपता ल्याइनुपर्ने, शिक्षक कर्मचारीहरुको उचित विरामी विदा प्रत्येक वर्ष प्रमाणित गर्ने व्यवस्था मिलाइनु पर्ने, राहत कोटामा कार्यरत शिक्षकहरुको आवश्यकताअनुसार सरुवा गर्न सकिने छ भन्ने नियमावली संशोधन गरिनुपर्ने लगायतका पेशागत मागहरु रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ७ गते सोमबार