वडास्तरीय भेला सम्पन्न



नेपालगन्ज,५ जेठ/ नेपालगन्ज उप–महानगरपालिकाको वडा नं.१२ लाई बालमैत्री स्थानीय शासनयूक्त वडा घोषणा गर्नको लागि प्रथम वडा भेला सम्पन्न गरिएको छ । 

वडा कार्यालयको आयोजना तथा सेभद चिल्ड्रेन र बाँके युनेस्को क्लवको सहजिकरणमा सुरु भएको सो भेलामा वडाको विकास निर्माणमा बालबालिकाको सहभागिता गराउँदै योजना तर्जुमा गर्नको लागि भेलाको आयोजना गरिएको हो ।

वडा बाल क्लव सञ्जालकी अध्यक्ष विजेता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष बुद्धिसागर सुवेदी, नेपालगन्ज उप–महानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी, वडा सदस्य दिनेश पन्त, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदी, वडा बाल संरक्षण समितिका संयोजक रामु चिडिमार, सल्लाहकार जनकराम भण्डारी, आरुषी सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ५ गते शनिबार