विद्यार्थी संगठनद्वारा एकदिने शैक्षिक हडतालको घोषणा



कोहलपुर,४ जेठ/   विभिन्न विद्यार्थी संगठनहरुले कोहलपुर नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एक दिनको लागि बन्दको अह्वान गरेका छन् ।

बिहीबार संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै बुधबार सवारी दुर्घटनामा मृत्यु भएका शिक्षक ऋषिराम चापागाई घटनाको छिटो भन्दा छिटो सत्य तथ्य छानविन गरी परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै बन्दको आह्वान गरेका हुन् ।

बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका स्ववियू सभापति दिनेश केसी, अनेरास्ववियू बाँके क्षेत्र नं.१ का क्षेत्रीय सभापति सुमन घिमिरे, नेवि संघका प्रतिनिधि कमल शाही, अखिल क्रान्तिकारीका जिल्ला सदस्य महेश बस्नेत र राष्ट्रवादी विद्यार्थी संघका महामन्त्री विजय काफ्लेद्वारा हस्ताक्षेरित विज्ञप्तीमा स्थानीय प्रशासनको चरम लापर्वाहीका कारण विद्यार्थीहरुको आन्दोलनमा समेत दमन गरेको भन्दै आन्दोलनमा उत्रनु परेको उल्लेख गरिएको छ ।

आफ्ना मागहरु सुनुवाई नहुन्जेल आन्दोलन जारी रहने यसबाट पर्न गएको असर स्वयम स्थानीय प्रशासनले लिनुपर्ने स्ववियू सभापति दिनेश केसी बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ४ गते शुक्रबार