कोहलपुर,३ जेठ/ बाँकेको कोहलपुर नगरपा्िलका —१४ हवलदापुरमा बुधबारदेखि १० दिने कलाकार क्षमता विकास तालिम सुरु भएको छ ।
तालिमको कोहलपुर नगरपालिका उप प्रमख सञ्जु कुमारी चौधरीले उद्घाटन गरेकी थिइन । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा दीप कला केन्द्रको आयोजनामा सुरु गरिएको तालिममा कोहलपुर नगरपालिकाका १५ वटै वडाका एक जना महिला र एक जना पुरुष गरी ३० जनाको सहभातिता रहेको दीप कला केन्द्रका अध्यक्ष ठग्गा थारुले जानकारी दिए ।
तालिमको सन्तुकुमार विश्वकर्मा, राम साहाय प्रेमी लगायतले सहजीकरण गर्ने बताइएको छ । तालिमको उद्घाटन सत्रमा कोहलपुर नगरपालिका वडा नं १५ का वडा अध्यक्ष पतिराम थारु, स्थानीय कलाकारहरु लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७५ जेठ ३ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्