सोनपुर स्वास्थ्य चौकीको सामाजिक परीक्षण



खजुरा (बाँके),१ जेठ/  बाँकेको खजुरा गाँउपालिका वडा नं.७ स्थित सोनपुर स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रम मंगलबार सम्पन्न गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथा बास नेपालगन्जको आयोजनामा सामाजिक परीक्षण कार्यक्रम अन्तर्गत आम भेला सम्पन्न गरिएको होे ।

आम भेलाले आमा समुहमार्फत सेवाग्राहीहरुको सहभागितामा परिवार नियोजन, खोप, सुरक्षित मातृत्व तथा व्यक्तिगत सरसफाइका विषयमा १६ पटक सचेतनामूलक कार्यक्रम संचालन गर्ने, महिला स्वास्थ्य स्वयंसेवीकाहरुका लागि आवश्यक सामाग्री खरिदको पहल गर्ने, नियमित औषधि आपूर्ती गर्न गाँउपालिकालाई अनुरोध गर्ने, स्वास्थ्य चौकीको विद्युत महशुल भुक्तानीका लागि रकम माग गर्ने र स्वाथ्य चौकीमा सञ्चालित ल्याब सेवालाई थप प्रभावकारी बनाउन जिल्ला जन स्वास्थ्य कार्यालयसँग माईकोस्कोप माग गर्ने कार्ययोजना निर्माण गरेको छ ।

सामाजिक परिक्षणको क्रममा खोप, परिवार नियोजन तथा सुरक्षित मातृत्वका बारेमा आम नागरिकमा सचेतना कम रहेको भन्दै जनचेतनामुलक कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गर्नुपर्ने, विभिन्न समयमा औषधिको अभाव हुदा सेवा प्रवाहमा समस्या सिर्जना हुने गरेको भन्दै समस्या समाधानको पहल गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका केशव ज्ञवालीले स्वास्थ्य संस्थालाई आफ्नो संस्थाको रुपमा बुझि सेवा लिन सबैलाई अनुरोध गरे ।

सबैको सामुहिक पहलबाट स्वास्थ्य समस्या समाधान हुने विश्वास उनको थियो । आमभेलामा स्वास्थ्य चौकीले गरेका बार्षिक प्रगति तथ्यांकगत रुपमा स्वास्थ्य चौकी ईन्चार्ज लक्ष्मण प्रसाद कडेंलले जानकारी गराएका थिए ।

त्यस पश्चात गत वर्ष निर्माण गरिएको कार्ययोजना माथिको छलफल तथा खुल्ला छलफल गरिएको थियो । आम भेलाको सहजिकरण सामाजिक परिक्षक हेमराज भट्टले गरेका थिए ।

आमभेलामा स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष अतिउल्ला खाँ, उपाध्यक्ष जमिल खाँ, सदस्य सिता देवी राड, स्वास्थ्य चौकी ईन्चार्ज लक्ष्मण प्रसाद कडेंल, वडा सदस्य जाकिर खाँ, राम झल्लर भाट, महिला सदस्य पूर्णिमा परियार, वडा सचिव धर्मराज यादव, स्वास्थ्यकर्मीहरु, स्वयंसेवीका तथा आम नागरिक गरि ५५ बढीको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १ गते मंगलबार