नेपालगन्ज,३० वैशाख/ सात दिने उद्घोषण तालिम आइतबार नेपालगन्जमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा सञ्चालित सो तालिम नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सम्पन्न भएको हो ।
तालिमको समापनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाकाकी उपप्रमुख उमा थापा मगरले गैससको क्षमता अभिवृद्धिका लागि स्थानीय सरकार तयार रहेको बताइन् । उनले गैससहरुको सहकार्यमा सामाजिक कार्यहरु निरन्तर गरिने बताइन् ।
कार्यक्रममा गैसस महासँघ नेपालका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार पूर्णलाल चुकेले गैससहरुका मार्फत विभिन्न क्षमता अभिवृद्धिमूलक कार्यहरु भइरहेको बताए । महासंघकी कार्यवाहक अध्यक्ष सपना भट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी ईश्वर शर्माले गरेका थिए । तालिमका सहभागीहरुका तर्फबाट दिलसरा राना र अव्दुल्ला गिरीले प्रतिक्रिया मन्तव्य दिएका थिए । तालिममा ४० वटा गैससका ४० जना प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्