कोहलपुर,२६ वैशाख/ बाँकेको बैजनाथ गाउँपालिमा अपाङ्गता सम्बन्धी एकदिने अनुशिक्षण सम्पन गरिएको छ ।
बैजनाथ गाउँपालिका अपाङ्ग समन्वयन समिति तथा यूयसआइडीको सहकार्यमा डेक नेपालको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चारको पहुँच निर्देशिका–२०६९ सम्बन्धी जानकारी बैजनाथ गाउँपालिका अपाङ्ग समन्वय समिति संयोजक तथा उपाध्यक्ष शारदा रेग्मी विकले जानकारी गराइन् ।
यसैगरी बैजनाथ गाउँपालिकाको योजना प्रमुख कृष्णबहादुर विष्टले स्थानीय तह बजेट योजना तर्जुमा पकृया तथा स्थानीय सरकार सम्बन्धी बनेको ऐन–२०७४ का बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा स्थानीय तह तथा राज्यका हरेक निकायमा अपाङगता भएका व्यक्तिहरुका लागि अबलम्बन गरिनु पर्ने कार्य सूचिहरुबारे बैजनाथ गाउँपालिकाका जनप्रतिनिधिलाई अनुशिक्षण गराइएको हो ।
प्रकाशित मिति : २०७५ वैशाख २६ गते बुधबार








प्रतिक्रिया दिनुहोस्