सामुदायिक वनले बाँड्यो शैक्षिक सामग्री



कोहलपुर,१५ वैशाख/  बाँकेको राप्तीसोनारी—९ ढकेरीस्थित झिझिरी महिला सामुदायिक वन उपभोक्ता समूहले शुक्रबार १४ जना विपन्न वर्गका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै तथा ९ जना विपन्न उपभोक्ताहरुलाई आयआजर्नमा लगानी गरेको छ ।

समूहको वार्षिक कार्यक्रम अनुसार शैक्षिक सामग्री वितरण गरिएको समुहकी अध्यक्ष कमला वि.सी.ले जानकारी दिइन् ।

‘शैक्षिक सामग्रीको अभाव विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित हुन नपारोस भनेर हामीले शैक्षिक सामाग्री वितरण गरेका हौँ’– अध्यक्ष वि.सी.ले भनिन् । विद्यार्थीहरलाई झोला, कापी कलम लगायत सामाग्री वितरण गरिएको थियो ।

त्यस्तै समुहका ९ जना विपन्न सदस्यहरुको आयआर्जनमा सुधार गर्न समुहले जनही १५ हजारका दरले आयआर्जनमा लगानी गरिएको समुहले जनाएको छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बाँकेकी महासचिव भिम कुमारी विष्ट, पूर्व अध्यक्ष तेज कुमारी वली, विजया भण्डारी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १५ गते शनिबार