निगम कर्मचारी संघ नेपालगन्ज अध्यक्षमा खड्का



नेपालगन्ज,१४ बैशाख/  नेपाल आयल निगम कर्मचारी संघ क्षेत्रीय समिति नेपालगन्जको अध्यक्षमा ईश्वर खड्का सर्बसम्मत चयन भएका छन् । खड्काको नेतृत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा सुरेश अधिकारी, सचिव ऋषि बुढाथोकी , सह—सचिव हस्त बहादुर भारती, कोषाध्यक्ष भिमनाथ दवाडी रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष खड्काले कर्मचारीको हकहितका लागि निरन्तर लाग्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १४ गते शुक्रबार