कोहलपुर,६ बैशाख/ नयाँ बर्षको आगमन सँगै लागु औषध तथा दूव्र्यसन विरुद्ध लाग्न युवाहरुलाई उत्प्रेरणा मिल्ने कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउनेले बताएका छन् ।
कोहलपुर नगरपालिकाको आयोजना र बासको सहजिकरणमा वडा नं. १० मा युवाहरुका लागि आयोजित लागु औषध तथा दूव्यर्सन बिरुद्ध अभिमुखिकरण तालिममा अध्यक्ष चलाउनेले यस्तो बताएका हुन ।
तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका अतिथि समेत रहेका चलाउनेले समाजको विकासका लागि निर्माण मात्रै चाहिन्छ भन्ने मानशिकता छ तर सचेतनाकालागि सामाजिक विकास आवश्यक रहेको उनको भनाई थियो ।
युवा शक्ति देशको महत्वपूर्ण शक्ति भएकाले युवा शक्ति सकारात्मक बाटोमा अग्रसर भएमा सवल समाज निर्माण हुने उनको भनाई थियो । उनले लागु औषध बिरुद्धको तालिममा सिकेको कुरालाई ब्यवहारमा लागु गर्न अनुरोध गरे ।
बासका उपनिर्देशक हेमराज भट्टले संचालन गरेको तालिममा लागु औषध दुब्यसन तथा न्यूनीकरणमा युवाहरुको भुमिकाका विभिन्न बिषयमा साहारा हाउस नेपालगन्जमा कार्यकारी प्रमुख अबिराज क्षेत्रीले सहजिकरण गरेका थिए ।
वडा भरीका ३० बढी युवाहरुको सहभागिता रहेको तालिममा वडा अध्यक्ष निम बहादुर चलाउने, वडा सदस्य हरी प्रसाद थारु, समाजसेवी आसा घर्ती, वडा सचिब मिन बहादुर पुन, बासका लेखा अधिकृत प्रतिक्षा गिरी लगायतको उपस्थिती रहेको थियो ।
बासले कोहलपुर नगरपालिकाका १५ ओटै वडामा युवाहरुलाई लागु औषध तथा दुब्यसन बिरुद्ध सचेतनामुलक तालिम प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्