अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता



कोहलपुर,६ बैशाख/  २३ औं विश्व वन्यजन्तु सप्ताहको अवसरमा बाँकेको राप्ती सानारी ८ स्थित शिवशक्ति मा.वि पेरानीमा अन्तर विद्यालय स्तरिय चित्रकला प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल (सेन्स)को आयोजनामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय आधारभुत विद्यालय राजपुर प्रथम, भगवती आधारभुत विद्यालय ओभरी द्धितिय र शम्शेरगजं तृतिय र नेपाल राष्ट्रिय आधारभुत विद्यालय टिकुलीपुर सान्तवना भएका छन ।

विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल (सेन्स)का केन्द्रिय सदस्य गोरख हमालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थी तथा अन्य सहभागी विद्यालयलाई पुरस्कार वितरण गरिएको सेन्स बाँकेका सचिव काली बहादुर वलीले जानकारी दिए ।

सेन्सका जिल्ला अध्यक्ष गंगा रोकाको सभापतित्वमा सम्पन्न भएको प्रतियोगितामा ६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ६ गते बिहीबार