बाँसगढी उद्योग वाणिज्य संघको सचिव निर्विरोध, अध्यक्षमा पौडेल र थारु विच प्रतिष्पर्धा



रावन बिश्वकर्मा : बर्दिया,३ बैशाख/  बाँसगढी उद्योग वाणिज्य संघको सचिवमा थान प्रसाद भुषाल निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा अर्को उमेद्धारी नपरेपछि आइतबार अन्तिम नामावली प्रकाशनसँगै भुषाल सचिव निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनसँगै अन्य पदका लागि लोकतान्त्रिक प्यानल र वाम गठनबन्धन बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा बिपिन पौडेल, वरिष्ठ उपाध्यक्ष बद्रीनाथ बराल, उद्योग उपाध्यक्षमा बिष्णु प्रसाद पौडेल, वाणिज्य उपाध्यक्षमा माया पौडेल, महासचिवमा युगपति पौडेल, कोषाध्यषमा सुरेन्द्र कुवर, सहकोषाध्यक्षमा भोषराज शर्मा प्रतिष्पर्धामा रहेका छन् ।

यस्तै, सदस्यहरुमा श्याम हरि त्रिपाठी, ईन्द्रजित बुढाक्षेत्री, किशोर भटराई, प्रकाश बराल, गोपाल प्रसाद न्यौपाने, लेखा संयोजकमा शंकर प्रसाद तिवारी, सदस्यमा ओमप्रकाश पौडेल र महेश अधिकारी प्रतिस्पर्धामा रहेका छन् भने बाम गठबन्धबाट अध्यक्षमा रामसिङ थारु, बरिष्ठ उपाध्यक्षमा नर बहादुर वली, उद्योग उपाध्यक्षमा कृष्ण बहादुर वली, वाणिज्य उपाध्यक्षमा बिष्णु ढकाल, महासचिवमा भद्र बहादुर परियार, कोषाध्यक्षमा होमबहादुर वली, सह–कोषाध्यक्षमा रामलाल श्रेष्ठ सदस्यहरुमा श्रीकृष्ण देवकोटा, रामकुमार थारु, टेकबहादुर सुनार, शिवराज तिमेल्सेना, विजया कुमारी शर्मा, साबिर अलि जागां र लेखा संयोजकमा शिव देबकोटा र सदस्यमा बिकास गौतम प्रतिस्पर्धामा छन् ।

आईतबार बिहान ८ बजेदेखि १ बजेसम्म उमेद्धारी फिर्ता समय तोकिएकोमा अध्यक्षमा उमेद्धारी दिएका रामचन्द्र अधिकारी, उद्योग उपाध्यक्षमा उमेद्धारी दिएका शंकर शर्मा, शेर बहादुर सुनार, वाणिज्य उपाध्यक्षमा कृष्ण पौडेल, महासचिवमा नारायण पौडेल, सचिवमा एकनारायण अधिकारी, कोषाध्यक्षमा नारायण प्रसाद पौडेल, सह–कोषाध्यक्षमा केशव राज तिमेल्सेना, लेखा संयोजकमा मान बहादुर वलीले उमेद्धारी फिर्ता लिएका छन् । वाणिज्य संघको निर्वाचन मिति यहि बैशाख ४ गते तोकिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ४ गते मंगलबार