कोहलपुर,३ बैशाख/ बाँकेको बैजनाथ गाँउपालिकामा आइतबार गाँउपालिका स्तरीय अपाङगता सञ्जाल गठन गरिएको छ । ललित बहादुर बुढाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
संजालको उपाध्यक्षमा ईन्द्र बहादुर थकाली, महिला उपाध्यक्षमा देवीसरा बुढा, महासचिव धिरेन्द्र विक, सचिव डिलसरा बुढा, कोषध्यक्षमा मन बहादुर बुढा लगायतका सदस्य रहेको सञ्जाल गठन गरिएको हो ।
सञ्जाल गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी बैजनाथ गाँउपालिकाकी उपाध्यक्ष शारदा विश्वकर्माले समाजमा अपहेलित रुपमा बाँच्न बाध्य अपाङगता भएका व्यक्तिहरुलाई गाउँपालिकाबाट स्रोत साधन उपलब्ध गराएर समाजमा सम्मानपूर्वक जीवनयापनमा महत्वपुर्ण भुमिका खेल्ने बताइन् ।
यस्तै सञ्जालका नव निर्र्वाचित महासचिव धिरेनद्र विकले गाँउपालिकाबाट उपलब्ध हुने स्रोत, साधन र सेवालाई अपाङ्गमैत्री बनाउनका लागि स्थानीय स्तरमै सञ्जाल गठन गर्दा प्रभावकारी हुने भएकाले सञ्जाल गठन गरिएको बताए ।
उक्त कार्यक्रममा राष्ट्रिय अपाङग महाँसंघका देविदत्त आचार्य, बैजनाथ गाँउपालिकाका योजना अधिकृत कृष्ण बिष्ट लगायत ५० जनाको सहभागिता रहेको कार्यक्रम अपाङ शक्तिकरण एवम् सञ्चार केन्द्र (डेक) नेपालको समन्वययम सम्पन्न भएको थियो ।








प्रतिक्रिया दिनुहोस्