ढकेरी खानेपानीको दोस्रो साधारण सभा सम्पन्न



कोहलपुर,३० चैत/  बाँकेको राप्तीसोनारी —९ स्थित ढकेरी उद्दैन खानेपानी तथा सरसफाई उपभोक्ता सिमितिको दोस्रो साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

साधारण सभाको राप्तीसोनारी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष महाविर वलीले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि वलीले सबै भन्दा जनता जागरुक भएर योजना के कस्ता कामहरु भइरहेका छन भनेर निगरान िगर्नुपर्ने बताए ।

साथै वडाबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न समेत प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका विशेष अथिति पूर्व सभासद अशोक रोकायले आफुले ९ वर्ष अघि पहल गरेर निमार्ण गरेको योजना अहिले सम्म हस्तान्तरण नहुनु दुखको कुरा भएको बताए ।

समयमै रकम समेत उपलब्ध हुनुपर्ने हो तर कुनै ठेकेदार तथा अन्य पक्रिया कारण ढिला हुनुसक्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा समितिका सचिव सिरधर उपाध्यायले आ.व २०७४÷०७५ को करिब १७ लाख बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।

साथै आगामी वर्षका लागी करिब २० लाख ९५ हजार बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । त्यस्तै समितिले कार्यालय परिसरमा वृक्षारोपण गर्ने निर्णय समेत गरेका थिए ।समितिमा रहेका ५ सय ७ जना सदस्यहरु मध्ये ३ सय ३४ जना सदस्यहरुले धारा जडान गरिसकेका छन् ।

साधारण सभामा राप्तीसोनारी गाउँपालिका वडा नं ९ वडा सदस्य पुर्ण बहादुर वली महिला सदस्य सिता बि.क प्रहरी बिट ढकेरीका प्रतिनिधि शेर बहादुर बस्नेत प्रगतिशिल पशुपालन बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रिम बहादुर वली लगायतको सहभागिता रहेको थियो ।

साधारण सभा संस्थाका अध्यक्ष लक्षीराम के.सीको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका सहसचिव भुपेन्द्र रेग्मीले कार्यक्रमको संञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३० गते शुक्रबार