नेतृत्व विकास सम्बन्धि तालिम सञ्चालन गरिने



कोहलपुर,१९ चैत/  युवाहरुको नेतृत्व विकास सम्बन्धि तालिम कोहलपुरमा सञ्चालन गरिने भएको छ ।

द आर्ट अर्फ लिभिङ नेपाल कोहलपुरको आयोजनामा यही चैत २३ देखि आउँदो बैशाख १ गतेसम्म कोहलपुर नगरपालिका–८ स्थित साईनिङ स्टार माविमा सो तालिम सञ्चालन गरिने भएको हो ।

आध्यात्मिक तवरले तालिमबाट युवाहरुले समाजप्रति हेर्ने सोच परिवर्तन गरी आत्मबल वृद्धि गर्नुका साथै नेतृत्व लिन सक्ने क्षमताको विकास गराउन तालिमको आयोजना गर्न लागिएको हो ।

साथै समाजमा हुने विभिन्न विकृति र विसङगतिहरुको अन्त्य गर्दै हिंसामूक्त र समतामूलक समाज निर्माणका लागि तालिमको आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत आयोजक जानकारी गराएको हो ।

तालिममा द आर्ट अर्फ लिभिङ नेपाल कोहलपरका प्रशिक्षक काव्य लम्सालले प्रशिक्षण दिनु हुने भएको छ । प्रशिक्षक लम्सालले हिंसामूक्त समाज, रोगमूक्त शरीर र तनावमूक्त मन तालिमको उद्देश्य रहेको बताए ।

यस्तै कोहलपुर उद्योग ाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नमप्रसाद शर्माले युवाहरुले देशका कर्णधार भएकोले उनीहरुको नेतृत्व विकास लगायतका
तालिम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

तालिममा सहभागी हुने युवाहरुको खान बस्नको व्यवस्था साइनिङ टार माविले मिलाउने बताउँदै विद्यालयका सञ्चालक ओपेन्द्र बहादुर केसीले यस तालिमले युवाहरुको नेतृत्व लिने क्षमतामा अद्भुत परिवर्तन ल्याउने बताए ।

उक्त तालिममा मध्य र सुदूर पश्चिमका विभिन्न जिल्लाका एक सय बढि युवाहरुको सहभागिता रहने र उनीहरुका लागि तालिम अवधिभर खानर बस्नको समेत व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १९ गते सोमबार