नेपालगन्ज,१८ चैत/ ६१औं सहकारी दिवसको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत शनिवार नेपालगन्जमा एक दिवसिय कार्यशाला गोष्ठी गरिएको छ ।
जिल्ला सहकारी संघ बाँके, जिल्ला विषयगत संहकारी संघहरु, सहकारी संजालहरुको आयोजनामा एक दिवसिय कार्यशाला गोष्ठी कार्यक्रम गरिएको हो ।
राष्ट्रिय सहकारी वैंक लिमिटेड, नमस्ते सकोस बाँके, सहकारी संस्था लिमिटेड कोहलपुर, साना किसान सहकारी संस्था लिमिटेड, नवकिरण बहुउद्देश्यीय सहकारी संस्था, महिला समाज सेवा सकोस बाँके, लगायत ८ वटा संस्थाको सहयोगमा कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया गोष्ठी कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीमा जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै सहकारीको साप्ताह व्यापी कार्यक्रम अन्तरगतग गरिएको कार्यक्रममा शुक्रवार १ सय ४० जनाले रक्तदान गरेका थिए ।
दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुल नाराका साथ सुरु भएको राष्ट्रिय सहकारी दिवस सप्ताह व्यापी कार्यक्रम गरिएको थियो । मैत्रीपूर्ण फुटबल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, सरसफाई अभियान, अन्तरक्रियया जस्ता विभिन्न कार्यक्रम गरि दिवस मनाएको होलिका बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष विजया धितालले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्