तीन दिने शिक्षक तालिम सम्पन्न



बर्दिया,१८ चैत/  बाँसगढीमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरका शिक्षकहरुको लागि तीन दिने शिक्षक तालिम शनिबार सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरको आयोजना र जिल्ला शिक्षा कार्यालय बर्दियाको संयोजनमा बिहिबारदेखि सुरु भएको तालिम शनिबार सकिएको हो ।

शैक्षिक गुणस्तर सुधार, कक्षा कोठा व्यवस्थापन, अंग्रेजी वातावरणको सृजना, शिक्षण विधि र शिक्षण प्रविधिको प्रयोगको बारेमा जानकारीको लागी तालिमको आयोजना गरिएको थियो ।

तालिममा बिभिन्न देशको शैक्षिक अनुभव हासिल गरेका अमेरिकन प्रोफेसक मनोवैज्ञानिक तथा शिक्षाविद् स्यान्डीराम सेले शैक्षिक गुणस्तर प्राप्तिका लागि भिन्न उपायहरु, बालबालिको मनोबिज्ञान बुझ्ने तरिकाहरु, शैक्षिक सामाग्रीको उचित प्रयोग र विद्यार्थीहरुको उमेर समुह अनुसारका कार्यहरुका बारेमा सहजीकरण गरेका थिए ।

तालिम उत्साहका साथ सम्पन्न भएको र बाँसगढी नगरपालिका भित्र विदेशी प्रशिक्षबाट तालिम लिने पहिलो अवसर लक्ष्मणपुरले प्राप्त गरेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय लक्ष्मणपुरका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले बताए ।

विद्यालयले यसै शैक्षिक सत्रबाट कक्षा ५ सम्म अंग्रेजी माध्यमाट पढाई सञ्चालन गर्ने योजनालाई पनि तालिमले थप सहयोग पुग्ने बिश्वासका साथ तालिमको आयोजना गरिएको जनाइएको छ । तालिममा विद्यालयका १९ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १८ गते आइतबार