गोल्डेन फ्युचरले मनायो १८औँ वार्षिक उत्सव



रावन बिश्वकर्मा : बाँसगढी,१८ चैत/  बर्दियाको बाँसगढीस्थित गोल्डेन फ्युचर सेन्केन्डरी स्कुल बेलवाले आफ्नो १८आँै वार्षिक उत्सव शनिबार भव्य रुपमा मनाएको छ । विद्यालयले वार्षिक उत्सवको अवसर पारी विद्यालयको नतिजा प्रकाशनसँगै विद्यालयमा नियमित, अनुशासित र उत्कृष्ठ विद्यार्थीहरुलाई पुरुस्कार समेत वितरण गरेको छ ।

२०६१ सालमा स्थापना भई बाँसगढी क्षेत्रकै सर्वोकृष्ट विद्यालयको रुपमा आफुलाई स्थापित गर्न सक्षम गोल्डेन फ्युचरले धेरै विद्यार्थीहरुको फ्युचर पनि गोल्डेन बनाएको कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिए । कक्षा नर्सरी देखि सानो छाप्रोबाट सञ्चालन गरिएको विद्यालयले अहिले आफ्नै सुविधा सम्पन्न भवन, अत्याधिक प्रविधिसहित आगामी वर्षमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म कक्षा सञ्चालन गर्न लागेकोमा यहाँका विद्यार्थीहरुको भविष्य उज्जवल बन्ने कुरामा समेत जोड दिएका थिए ।

५ सय ८५ जना विद्यार्थीहरु रहेको विद्यालयमा प्रत्येक कक्षामा १ जना शिक्षक रहने गरी २३ जना शिक्षकहरु रहेको स्कुलका प्रिन्सिपल सतिस चौधरीले बताए । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ६ सम्म गोल्डेन फ्युचर स्कुलमा अध्ययन गरेका छात्र राजन केसीले पास्कलको नियममा आधारित रहि बनाएको जेसिवी प्रर्दशन गरेका थिए । उनले आफुले बनाएको जेसिवी कार्यक्रमममा प्रर्दशन गरी सहभागीहरुलाई समेत चकित बनाए ।

स्कुलका प्रिन्सिपल सतिस चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक मेलमिलाप केन्द्र बेलवाका संयोजक हरि प्रसाद देबकोटा, डाईनामिक मल्टिपल क्याम्पसका शिक्षक तिलक केसी, राँझा हिमाल ईंगलिस मिडियम स्कुलका प्रिन्सिपल थलबहादुर वली, प्याराडाईज एकेडेमी दमौलीका प्रिन्सिपल राजन थारु, बालज्योति एकेडेमी ककौराका प्रिन्सिपल जितबहादुर रोकाय, अभिभावकहरु प्रेमकुमार केसी, ज्ञानबहादुर खत्री, डम्बरी खत्री, पुष्पा थापा, लोकेन्द्र पासी, निरञ्जन महत्तो, गणेश चौधरी, कृष्ण प्रसाद देबकोटा लगायतको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १८ गते आइतबार