अभिमुखीकरण कार्यक्रम सम्पन्न



कोहलपुर,१५ चैत/  बाँकेको राप्तीसोनारी गाउँपालिका —९ ढकेरीमा गरिबी निवारण कोष कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

गरिबी निवारण कोष तहाचल काठमाडौकौ सहयोग तथा स्थानीय विकासकोष जिल्ला समन्वय समितिको आयोजनामा गरिबी निवारण कोषका कार्यक्रम सञ्चालन भएका सामुदायिक संस्थाहरुका पदाधिकारीहरुलाई अभिमुखीकरण गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रमको स्थानीय विकास कोष कार्यक्रम बाँकेकी संयोजक मञ्जु ज्ञवाली, सुपरभाइजर सूर्यलाल यादव तथा सामाजिक परिचालक गोविन्द
डाँगीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं ८ र ९ वडामा रहेका १४ वटा सामुदायिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १५ गते बिहीबार