कानुनभन्दा माथि कोही छैन: तामाङ



कोहलपुर,१२ चैत/  कानुन न्याय तथा संसदिय मामिला मन्त्री शेर बहादुर तामाङले कानुन भन्दामाथि कोइ हुन नसक्ने बताए ।

प्रेस चौतारी नेपाल बाँके शाखाले आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन आयोजना गरेको कार्यक्रममा बोल्दै कानुन मन्त्री तामाङले कानुनको सर्वौच्चता स्थापित गर्न वर्तमान सरकार दृढतापूर्वक लागेको हुनाले पीडितलाई न्याय दिलाउन सकिने वातावरण सृजना गरिने उनले बताए ।

सर्वोच्चदेखि लिएर सबै तहका न्यायधिशका सम्पत्ति विवरण बुझाउने होइन, सार्वजनिक गर्ने कानुन बनाइरहेको मन्त्री तामाङले बताए । वास्तवमा न्यायलयलाई स्व्च्छ निष्पक्ष र पारदर्शी बनाउन सकेनौ भने लोकतन्त्र स्थापित हुन नसक्ने उनले बताए ।

न्यायलयलाई जनमुखी र जनताले न्याय माग्न जाँदा खुसीसाथ न्याय पाउने अनुभूति दिलाउने खालको वातावरण सृजना गराउने मन्त्री तामाङले बताए ।

प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष हेमन्त विकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रेस चौतारीका केन्द्रिय सदस्य भेषराज बस्नेत लगायत विभिन्न सञ्चार माध्यमका प्रत्रकारहरुको सहभगिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १२ गते सोमबार