एसइई एक्जाम्टेड परीक्षा गुलरियामा हुने



रावन विश्वकर्मा, बर्दिया, चैत ८ / माध्यमिक शिक्षा परीक्षा (एसइई)को एक्जाम्टेड तर्फको परीक्षा महाकबि लक्ष्मी प्रसाद देबकोटा मावि गुलरियामा हुने भएको छ ।
बर्दिया जिल्लाका ८ ओटै स्थानीय तहका विभिन्न विद्यालयबाट फारम भरेका सबै एक्जाम्टेड तर्फका विद्यार्थीहरुले महाकबि लक्ष्मी प्रसाद देबकोटा मावि गुलरियामा परीक्षा दिने व्यवस्था मिलाइएको जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ ।  बर्दियामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को ईगजाम्टेड तर्फ छात्रा ३ सय १६ र छात्र १ सय ४१ गरी जम्मा ४ सय ५७ जना सहभागी हुँदै छन् ।
नियमित र ईगजाम्टेड विद्यार्थीहरुको लागि २ किसिमका प्रश्न पत्र भएकाले परिक्षा व्यवस्थापन गर्न प्राविधिक कठिनाई पर्ने भएकाले परिक्षा नियन्त्रण कार्यालयको निर्देशन अनुसार जिल्लाका सबै ईगजाम्टेड परिक्षामा सहभागी विद्यार्थीहरुको केन्द्र एउटै तोकिएको जिल्ला शिक्षा कार्यालयका प्राविधिक साहायक शेर बहादुर रोकाले जानकारी दिए । एसइईको परिक्षाको सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ । बाँसगढीमा परिक्षाको लागि ४ ओटा केन्द्र तोकिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ८ गते बिहीबार