कोहलपुर,६ चैत/ कोहलपुर स्थित अखिल नेपाल निमार्ण मजदुर संघले वडा नं. ९ मा सोमबारसमिति गठन गरेको छ ।
उक्त कार्य समितिमा अध्यक्षमा सर्जु प्रसाद थारु, उपाध्यक्ष फुलराम थारु, सचिव तेजराम थारु, सहसचिव जग मोहन थारु, कोषाध्यक्ष कृपाल थारु, सदस्य सितारानी थारु, श्यामकली थारु, ज्ञान्दिया थारु, सिवा राम थारु, रेशम थारु, जगतपाल थारु लगायत रहेका छन् ।
त्यस्तै बाँके जिल्ला टेड यूनियनमा अध्यक्ष बसन्त मल्ले स्थानीय तहका मजदुरहरुका पञ्जीकरण गर्ने, परिचय पत्र वितरण गर्ने, श्रम ऐन २०७४ कार्यन्वयन गर्नेका निम्ती सो समिति गठन गरिएको बताए । कार्यक्रममा राजनितिक प्रतिनधि, जनप्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।
प्रकाशित मिति : २०७४ चैत ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्