नेपालगञ्ज,५ चैत/ नेपाल बार एशोसियसनको १४औं राष्ट्रिय सम्मेलन नेपालगञ्जमा हुने भएको छ । ‘कानुन व्यवसायीको पेशागत दक्षता एवं सुनिश्चितता’
भन्ने मुल नाराका साथ यही चैत्र ९ देखि ११ गतेसम्म राष्ट्रिय सम्मेलन नेपालगञ्जको सिद्धार्थ भ्य’ होटलमा हुने भएको छ ।
आफ्नो स्थापना कालदेखि नै कानूनको शासन, मानव अधिकारको संरक्षण, स्वतन्त्र न्यायपालिका र व्यवसायिक प्रतिवद्धताका लागि कार्य गर्दै आएको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनको जानकारी गराउँदै नेपाल बारका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाले सम्मेलनको तयारी लगभग लगभग पूरा भैसकेको जानकारी गराए । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सो कार्यक्रममा काम’ प्रधानन्याधिश दिपकराज जोशी, कानून मन्त्री शेर बहादुर तामाङ, महान्यायधिवक्ता अग्नी प्रसाद खरेल लगायत विदेशी बार एशोसियसनका प्रतिनिधिहरु, विदेशी राजदुतावास लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय अधिवक्ताहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष सापकोटालेजानकारी दिए ।
सम्मेलनमा नेपालको स्वतन्त्र, सक्षम र जवाफदेही न्यायपालिका कसरी बनाउने भन्ने विषयमा गहन छलफल हुने उपाध्यक्ष सापकोटाले बताए । कानुन व्यवसायलाई आत्मनिर्भर, व्यवसायिक, दक्ष र मर्यादित एवं विश्वासनिय बनाउने, स्वतन्त्र न्यापालिका भित्र र बाहिर संवैधानिक संस्थाले गर्ने आक्रामणबाट न्यायपालिकालाई कसरी जोगाउने, संघियता, गणतन्त्र कार्यान्वयनका निम्ति जनप्रतिनिधिमूलक संस्थाहरुलाई कानून अनुशिक्षण गर्ने, कानूनको मस्यौदा गर्ने, वर्तमान अवस्थामा के कस्ता कानून बनाउँदा राष्ट्रलाई सहि दिशामा अघि बढाउन सकिन्छ भन्ने विषयमा गहन छलफल हुने अधिवक्ता प्रहलाद बहादुर कार्कीले बताए ।
सम्मेलनलाई सफल पार्न नेपाल बारका केन्द्रिय उपाध्यक्ष शालिकराम सापकोटाको संयोजत्वमा ३ सय २ जनाको कानून व्यवसायीहरु रहेको सम्मेलन मुल व्यवस्थापन समिति गठन गरिएको छ । सम्मेलनलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
जसमा भोजन तथा खाद्य व्यवस्थापनको संयोजकमा अधिवक्रा पहलाद बहादुर कार्की, आर्थिक संकलन संयोजकमा भोला सिंह हमाल, प्रचार प्रसार संयोजकमा बसन्त गौतम, मञ्च व्यवस्थापनमा लोक बहादुर शाह, अतिथि स्वागत सत्कारमा सुनिल कुमार श्रेष्ठ, यातायात व्यवस्थापनमा धुव्र
बस्याल लगायत विभिन्न उपसमिती संयोजक गठन गरिएको छ । सम्मेलनमा देशभरिका ४ हजार अधिवक्ताहरुको सहभागिता रहने
छ ।









प्रतिक्रिया दिनुहोस्