नेपालगञ्ज,१ चैत/ बाँकेको खजूरा गाउँपालिका ४ डिगाउँमा सम्पन्न ५ औं डाँफे कप फुटबल प्रतियोगिताको उपाधी आयोजक न्यू डाँफे स्पोर्टस क्लब डि गाउँले जितेको छ ।
आदर्श आधारभुत विद्यालय डिगाउँको खेल मैदानमा बिहिवार भएको फाईनल प्रतिष्पर्धामा नयू डाँफेले अन्नपूर्ण युवा क्लब एचगाउँलाई २ का बिरुद्ध ६ गोलको फराकिलो गोलअन्तरले पराजित गरेको हो ।
प्रतियोगितामा प्रथम भएको न्यू डाँफेले नगद एकलाख ३५ हजार ५५५ र दोस्रो भएको अन्नपूर्णले ६५ हजार ५५५ रुपिया प्राप्त गरेको छ । आयोजक न्यू डाँफे स्पोर्टस क्लबका अध्यक्ष तिलकबीर सुनारका अनुसार प्रतियोगितामा न्यू डाँफेका महेश चन्द उत्कृष्ट खेलाडी र अन्नपूर्णका मदन विक वेष्ट स्कोरर भएका छन् ।
न्यू डाँफेका चेतन चौधरीले ३ र माधव भण्डारीले २ गोल गरे । १ गोल भने आत्मघाती भयो । अन्नपूर्णका प्रेम र यामबहादुर क्षेत्रीले १ १ गोल गरेका थिए ।
नकआउट फुटबल प्रतियोगिताका विजेता र उपविजेतालाई पुर्ब राज्यमन्त्री दलबहादुर सुनार, खजूरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वली लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । यो खेलको सह प्रायोजक ,प्रतिक टुर्स एन्ड ट्राभल्स नेपालगन्ज रहेको थियोे ।

प्रतियोगितामा यसक्षेत्रका १३ वटा क्लबको सहभागिता रहेको थियो । न्यू डाँफेले चारबर्ष अघिदेखि प्रतियोगिताको आयोजना सुरु गरेको हो । यसपटक प्रतियोगिता संचालनका लागि वडा नम्बर ४ को वडा कार्यालय लगायतले आर्थिक सहयोग गरेका थिए ।
न्यू डाँफेले प्रतियोगितामा पुरस्कार राशी बार्षिक रुपमा बढाँउदै लगेको छ । मोफसलको चर्चित प्रतियोगिताको रुपमा रहेको यस प्रतियोगिताले फुटबल खेलको विकासमा टेवा पु¥याउदै आएको पुर्ब राज्यमन्त्री सुनारले बताए ।









प्रतिक्रिया दिनुहोस्