नयाँ दिल्ली, पुस २३ । भारत प्रशासित राज्य जम्मू–कश्मिरका मुख्यमन्त्री मुफ्ती सईदको निधन भएको छ । उनी फोक्सोमा संक्रमणका कारण विगत केही दिनदेखि दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारार्थ भर्ना भएका थिए ।
पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
समाचार
एजेन्सी पीटीआईले राज्यका शिक्षामन्त्री नईम अख्तरलाई उद्धृत गर्दैै मुख्यमन्त्री मुफ्तीको निधन पुष्टि गरेको हो ।
उनको पार्थिव शरीरलाई श्रीनगर लैजाने तयारी भइरहेको जनाइएको छ ।
जम्मु–कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले ट्वीट गर्दै भनेका छन्, ‘म मुफ्तीजीको पत्नी, उनकी छोरी र सम्पूर्ण परिवारका लागि दुःखको यो घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’
अघिल्लो वर्ष भएको विधानसभा निर्वाचनमा जम्मु–कश्मिरमा मुफ्तीको पार्टी ‘पिपुल्स डेमोक्रेटिक पार्टी’ ले शानदार जित हासिल गरेको थियो । राज्यमा सो पार्टीले भारतीय जनता पार्टीको समर्थनमा सरकार गठन गरेको थियो । (एजेन्सी)









प्रतिक्रिया दिनुहोस्