श्रवन बस्नेत : दाङ,२८ माघ/ देउखुरीको प्रसिद्ध पर्यटकीय स्थल जखेरा तालमा सोमबार देखि संचालनमा आउने “दोश्रो जखेरा पर्यटन तथा सांस्कृतिक महोत्सव २०७४” को सम्पूर्ण तयारी भएको महोत्सब व्यवस्थापन समितिले जनाएको छ ।
ताल तलैयाको संरक्षण तथा सम्वद्र्धन गर्ने मुख्य उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजक समितिले जनाएको छ । हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसर पारी यही माघ २९ गते देखि फागुन २ गते सम्म संचालन आयोजकले बताएका । महोत्सव स्थललाई यति बेला नव दुलही जस्तै सजाइको छ ।
महोत्सवको उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व अर्थ मन्त्री कृष्ण बहादुर महरा आउने व्यवस्थापन समितिका संयोजक लोकमणि बन्जाडेले जानकारी दिए ।
महोत्सवको उद्घाटन कार्यक्रममा सम्पूर्ण संघ सस्था , सरोकारवाला निकायहरु , विद्यालयहरु लगायतलाई ब्यानर र पहिचान सहित जखेरा तालको श्रीगाउ चोकमा उपस्थित हुन संयोजक बन्जाडेले आग्रह गर्नु गरेका छन् ।
महोत्सवमा ५० लाख बराबरकोे कारोबार हुने र २० हजार दर्शकहरुले अवलोकन गर्ने आयोजकले जानकारी गराए । रु १० लाख आम्दानी र सम्पूर्ण खर्च काटेर झन्डै ३ लाख बचत गर्ने लक्ष्य राखेको उनले बताए ।
उक्त संकलित रकम बाट मंचको निर्माण , नियमित सरसफाई र नियमित डुंगा संचालनमा खर्च गरिने पतिवद्धता समेत आयोजकले गरेका छन् ।
यस्तै लमहीको सार्वजनिक बगैचामा फागुनको ४ , ५ र ६ गते हुने खाद्य मेलाको पूर्व सन्ध्यामा लमहीमा मेलाको सचिवालय स्थापना गरी कार्य सम्पादन भैरहेको छ । एकै दिनमा १२ वटा बुकिङ्ग भैसकेको सचिवालय संयोजक एवं संगीतकार राजेश क्षेत्रीले जानकारी गराएका छन् ।









प्रतिक्रिया दिनुहोस्