लागु औषध नियन्त्रणमा सिधा कारबाही



नेपालगञ्ज,२७ माघ/   विकृति विसंगति रहित समाज निर्माण, शान्ति सुरक्षा हाम्रो अभियान भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय बाँकेले सिधा कारवाही लागुऔषध नियन्त्रण अभियान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके, महिला तथा बालवालिका सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा सहकार्य साहारा हाउस, असहाय सेवा संघले गरेको थियो भने कार्यक्रमको समन्वय ईलाका प्रहरी कार्यालय कम्दीले गरेको थियो ।

लागु औषध दुरुपयोग रोकथाम तथा न्युनिकरण समुदाय स्तरीय अभिमुखिकरण परामर्श तथा अन्तरक्रिया कार्यक्रममा डुडुवा गाउँपालिकाका प्रमुख नरेन्द्र
चौधरीले विद्यालय स्तरबाटै लागुऔषधको चेतना फैलाउन जरुरी रहेको बताए ।

विद्यालय स्तरबाटै लागुऔषध निर्मुलीकरण हुन सकिने भएको हुनाले यसलाई विद्यालय स्तरदेखि नै पहल गर्न जरुरी रहेको बताए । शिक्षाले नै जिवनको अभिन्न अंग भएको हुनाले विद्यालय स्तरबाटै शिक्षामा गुणस्तर प्रदान गरी लागुऔषधको जनचेतना जगाउन आवश्यक रहेको गाउँपालिका प्रमुख चौधरीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २७ गते शनिबार