यम घिमिरे : बर्दिया,२६ माघ/ उत्तर प्रदेश एवं उत्तराखण्ड सीमा शुल्क निवारक कार्यालयका आयुक्त शिवकुमार शर्मा संग उद्योग वाणिज्य संघका अध्यक्ष वीर बहादुर चौधरी, उपाध्यक्ष मनोज कुमार यादव, सदस्य सन्तोष गुप्ता, सल्लाहकार बुद्धी पौडेल, बिनोद अग्रवाल, प्रेस क्लब अध्यक्ष यम घिमिरे, पत्रकार त्रय कमल कुमार पन्थी, निर्मल घिमिरे, दुर्गा आचार्य तथा व्यापार मण्डल मिहीनपुरवा का अध्यक्ष सञ्जय सिंहले भेट गरि गुलरिया मुर्तीहा नाका सञ्चालन गर्न अनुरोध गरे ।
भेट अत्यन्तै सकारात्मक भएको र केही प्रकृया पुरा गरि नाका संचालनमा आउने प्रतिनिधि मण्डलको नेतृत्व गरेका उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष वीर बहादुर चौधरीले बताए । आयुक्त शर्माले एक हप्तापछि गुलरिया मुर्तीहा क्षेत्रको भ्रमण गरि नाका सञ्चालनका लागि आवश्यक पर्ने जग्गाको विषयमा उत्तर प्रदेश राज्य सरकार संग छलफल गर्ने बताएका छन ।
केही समय अघि गुलरिया उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज कुमार यादवले उत्तर प्रदेश एवं उत्तराखण्ड सीमा शुल्क निवारक कार्यालयका आयुक्त शिवकुमार शर्मासंग प्रतिनिधि भेटको वातावरण बनाएका हुन ।









प्रतिक्रिया दिनुहोस्