न्यू बागेश्वरीमा स्वागत कार्यक्रम सम्पन्न



कोहलपुर,२६ माघ/  कोहलपुर नगरपालिका–११ उज्यालो बजारको पश्चिममा रहेको न्यू बागेश्वरी एकेडेमी कलेजमा बी.एड.र बिबिएस प्रथम वर्षका विद्यार्थीहरुलाई सो कलेजमा अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरुले शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका छन् ।

खासगरी एउटै कलेजमा अध्ययनरत विद्यार्थीहरुमा हार्दिकनता र मित्रवत व्यवहार रहँदा कलेजमा गुणस्तरीय शिक्षामा महत्वपूर्ण भूमिका रहने हुँदा यस्ता कार्यक्रम आयोजना गरिने कोहलपुर नगर शिक्षा विभाग प्रमुख मनप्रसाद रेग्मीले बताए ।

प्रमुख अतिथिको रुपमा स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै विद्यार्थीहरुलाई हार्दिकता र मित्रवत व्यवहार सहित आफ्नो अध्ययनलाई विशेष रुची दिन सुझाव दिए ।

कलेजका अध्यक्ष मणी गैरेले विद्यार्थीहरुलाई प्रोत्साहित गर्दै कलेजमा हुने अध्यायपन देखि अतिरिक्त क्रियाकलापहरुमा सक्रियता र जिम्मेवारी वोधको साथ लाग्न आग्रह गरे ।

कार्यक्रममा कलेजमा अध्यापन गराउने शिक्षक, अभिभावक तथा पहिलो र दोस्रो वर्षका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रबार