काठमाडौं,२३ माघ/ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझी निलम्बनमा परेका छन् । इटहरीमा भएको बलात्कार काण्डलाई ढाकछोप गरेको आरोपमा एपसी माझीसँगै इन्स्पेक्टर चिरञ्जीवी दाहाल पनि निलम्वनमा परेका छन् ।
इटहरीमा भएको बालिका बलात्कार प्रकारणलाई लुकाउन भूमिका खेलेको आरोप लागेपछि मंगलबार उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
माझीसँगै प्रहरी निरीक्षक चिरञ्जीवी दाहाल पनि निलम्बनमा परेका छन् । सई भीमबहादुर खत्रीमाथि पनि छानविन सुरु भएको छ । उनले एसपी माझीको निर्देशनमा बालिका बलात्कारको घटनालाई लुकाउन भूमिका खेलेको आरोप लागेको छ । अहिले यो घटनामा छानविन भइरहेको छ ।
प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले दुईजनालाई निलम्बन गर्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरिएको बताए ।
onlinekhabar.com









प्रतिक्रिया दिनुहोस्