दाङ,२३ माघ/ लमही नगरपालिका–७ हसनापुर निवासी हिरालाल विक आरन पेशा बाट मासिक ६० हजार रुपैया आर्जन गर्न सफल भएका छन् । २०६२÷०६३ सालमा लघु उद्दमी समूह दाङ्गले तालिम दिए पछि विक उक्त पेशामा लागेको बताउँछन् ।
उनले मात्र होइन, बिकले पसलमा थप दुइ जना युवाहरुलाई प्रत्यक्ष रोजगारी दिएका छन् । बिकको पसलमा काम गर्ने ती युवाहरुलाई रु १० हजार मासिक पारिश्रमिक दिएर काममा लगाइरहेको उनले बताए ।
पछिल्लो समयमा युवा वर्गहरु वैदेशिक रोजगारीका लागि बाहिर पलायन हुँदै गर्दा ती युवाले भने स्वदेशमै केही गर्नु पर्छ भन्ने मान्यता राख्दै उक्त पेशा अंगालेको प्रकाश विकले बताएका छन् ।
स्वदेशमै प्रशस्त रोजगारीका सम्भावना रहँदा रहँदै पनि दैनिक रुपमा नेपाल बाहिरिने युवाहरुका लागि उदाहरण बनेका उनी अरुको लागि उदाहरण समेत बनेका छन् । यति मात्र हैन , उनले यो पेशा बाट भएको आम्दानी बाट गाउँमा एक पक्कि घर , लमहीमा एक वटा घडेरी जोड्न सफल भएको बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्